चौतारा साँगाचोकगढी नगरपालिकाको वेभसाईटमा तपाइलाई स्वागत छ।

चौतारा साँगाचोकगढी नगरपालिकाको परिचय

चौतारा साँगाचोकगढी नगरपालिका प्रदेश नं. ३ अन्तर्गत मध्यमाञ्चल विकास क्षेत्रको वागमती अञ्चलमा सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो नगरपालिका जिल्लाको सदरमुकाम पनि हो । यो नगरपालिकाको कुल क्षेत्रफल १६५.२५ वर्ग कि.मी. छ । यो नगरपालिका १० वटा गाविसहरु ( चौतारा, पिपलडाँडा, कुबिन्ड़े, सनोसिरुबरी, स्याउले, बतासे, र्इर्खु, कदमबास, साँगाचोक र ठुलो सिरूवारी गा.वि.स.) मिलेर बनाइएको छ । हाल यो नगरपालिकामा १४ वटा वडा रहेको छ । २०६८ को जनगणना अनुसार यो नगरपालिकाको जम्मा जनसंख्या ४६,५०१ रहेको छ । यहाँका बासिन्दाहरुको मुख्य विशेषता भनेको धार्मिक र सास्कृतिक पर्वहरु हो । यहा विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु , बौद्ध र क्रिचियनहरुको बसोबास रहेको छ। जसले सार्वलौकिक सस्कृती झल्काउछ । यहाको मुख्य भाषा भनेको नेपाली हो, त्यस्तै नेवारी र अरु भाषा पनि बोलिने गर्दछन् ।

आन्तरिक आय तर्फको शिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना (संसोधित)

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ घ (१) घ(२) र घ(६) समेतमा भएको व्यवस्था, नगरपालिकाको आन्तरिक आय संकलन कार्यविधी २०७५, प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तथा नगर कार्यपालिकाको निर्णयानुसार देहायका शिर्षकहरुमा राजस्व असुली सम्बन्धी काम आ.व.

नगरपालिकामा एक वर्षको अवधिमा सम्पादन गरेका मुख्य मुख्य कार्य तथा उपलव्धीहरु

Pages