FAQs Complain Problems

अपडेट

वडा नं. १, स्याउले

साबिकको स्याउले गाविस जिल्लाको मध्य भागमा अवस्थित छ । यस गाविस जिल्ला सदरमुकामबाट करिव २ कोष दुरी टाडा पर्दछ भने यस गाविको कुल क्षेत्रफल २२.९६ वर्ग किलोमिटर छ । स्याउलेको पूर्वी सिमानामा साबिकको बतासे गाविस, पश्चिममा साबिकको सिम्पालकाभ्रे गाविस, उत्तरमा साबिकको सेलाङ गाविस र दक्षिणमा साबिकको कुन्चोक तथा साबिकको पिपलडाँडा गाविसहरु पर्दछन् । चौतारा थुम अन्तर्गत पर्ने यस गाविसमा औसत तथा चिसो हावापानी पाइन्छ । तामाङ तथा क्षेत्रहरुको बाक्लो बस्ती पाइने यस गाविसका अधिकांश मानिसहरु कृषि तथा घरेलु उद्यममा व्यस्थ हुन्छन् । यस गाविको प्रमुख कृषिबालीमा मकै, कोदो, धान आदि पर्दछन् । जिल्ला निर्वाचन क्षेत्र नम्बर एक अन्तर्गत पर्ने यस गाविसको वि.सं. २०५८ सालमा साक्षरता दर ४१, घरपरिवार संख्या ८३७ र कुल जनसंख्या ४१७७ थियो ।

वडाको जनसंख्या: 
3630
वडाको क्षेत्रफल (वर्ग कि.मी.): 
22.91
वडाको सम्पर्क नम्बर: 
9851337301