चौतारा साँगाचोकगढी नगरपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो नगरपालिका जिल्लाको सदरमुकाम पनि हो । यो नगरपालिकाको कुल क्षेत्रफल १६५.२५ वर्ग कि.मी. छ । यो नगरपालिका साबिकका १० वटा गाविसहरु (चौतारा, पिपलडाँडा, कुविण्डे, सानोसिरुवारी, स्याउले, बतासे, इर्खु, कदमबास, साँगाचोक र ठुलोसिरूवारी गा.वि.स.) मिलेर बनाइएको छ । हाल यो नगरपालिकामा १४ वटा वडा रहेको छ । २०७८ को जनगणना अनुसार यो नगरपालिकाको जम्मा जनसंख्या ४२,६६८ रहेको छ, भने घरधुरी तथ्याङ्क सर्वेक्षण, २०७५ अनुसार नगरपालिकामा कूल ५१,३४७ जनसंख्या रहेको छ र हाल राष्ट्रिय जन गणना २०७८ नतिजा अनुसार जम्मा घरधुरी ११,५९०, परिवार संख्या रहेको छ । यस नगरपालिकामा विभिन्न धर्म मान्ने जातजातिहरूको बसोबास रहेको छ । यहाँका बासिन्दाहरुको मुख्य विशेषता भनेको धार्मिक र सास्कृतिक पर्वहरु हो । यहा विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु , बौद्ध र क्रिचियनहरुको बसोबास रहेको छ। जसले सार्वलौकिक सस्कृती झल्काउछ । यहाको मुख्य भाषा भनेको नेपाली हो, त्यस्तै तामाङ्ग, नेवारी र अरु भाषा पनि बोलिने गर्दछन् ।